भदौ ११गोरखा। गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न–मध्यमवर्गीय किसान परिवारमा जुन १८, १९५४ मा जन्मिनुभएका बाबुराम भट्टराई अहिले संघीय गणतन्त्र नेपालका ३५ औं प्रधानमन्त्री बन्नु भएको छ । । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उपाध्यक्ष तथा स्थायी समिति सदस्य नेता बाबुराम भट्टराई आङ्खनो राजनीतिक तथा बौद्धिक सक्रियताका कारण बहुपरिचित हुनुहुन्छ । उहाँलाई प्रायः “डा. भट्टराई” नामले सम्बोधन गरिन्छ ।
उहाँको रोचक पारिवारिक इतिहासका बारेमा कमैलाई मात्रै थाहा छ ।भट्टराई परिवार पाल्पाका सेन राजाका परम्परागत पुजारी र ज्योतिषी थियो । भट्टराई परिवार ईस्वी १५ औं शताब्दीतिर पाल्पाबाट गोर्खाको लिगलिगमा बसाइ सरेको थियो । द्रव्य शाहलाई लिगलिग र गोर्खाका राजा बनाउन भट्टराई परिवारकै पुर्खा गजानन भट्टराईलगायत गणेश पाण्डे र अन्यले मूख्य भूमिका खेलेका थिए । भट्टराई वंशकै एउटा समूह लिगलिग कोटको फेदीमा रहेको बेलबासमा नै खेतीपाती गरेर बस्यो । नेपालको मध्य पहाडी क्षेत्रमा रहेको यही स्थानमा बाबुराम भट्टराईको जन्म भयो, बाबु भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईको कोखबाट । उहाँ बाबुआमाका दोस्रा सन्तान हुनुहुन्छ । उहाँका एक दिदी, एक भाई र एक बहिनी छन् ।
इतिहासकै विडम्वना नै भन्नुपर्छ, शाहवंशलाई राज्यसत्तामा ल्याउन जुन भट्टराई वंशले महत्वपूर्ण भूमिका खेलेको थियो, त्यही भट्टराई परिवारकै वंशजमध्येका एक सदस्यले सामन्ती शाहवंशको पतनमा महत्वपूर्ण भूमिका खेल्यो । अहिले बाबुराम भट्टराई गणतन्त्र नेपाल स्थापनाका लागि भएका राजनीतिक आन्दोलनका कडीहरु निर्माण गर्ने श्रष्टामध्येका एक मानिनुहुन्छ । उहाँ आज नेपालको कार्यकारी पदमा आसिन हुनु भएको छ ।
“सधैं प्रथम हुने” वा “कहिल्यै दोस्रो नहुने”का रुपमा बहुपरिचित बाबुराम भट्टराई पनि अधिकांश ग्रामीण नेपालीहरुजस्तै अशिक्षित रहने धेरै सम्भावना नभएको होइन । उहाँको जन्म विश्वकै गरीब देशमध्ये एकमा भएको थियो, जहाँ औपचारिक शिक्षा सहरी सम्भ्रान्त वर्गमा मात्र सीमित थियो । बाल्यकालमा बाबुराम भट्टराईले अनौपचारिक शिक्षा गाउँकै सेवानिवृत्त सैनिक भक्तबहादुर भुजेलबाट हासिल गर्नुभयो । उहाँले औपचारिक शिक्षा सन् १९६३ मा अमर ज्योति हाइस्कुलबाट शुरु गर्नुभयो । लुईंटेल गाउँमा रहेको यो स्कुल जान बेलबास गाउँबाट दुई घन्टा हिंड्नुपर्छ । यो विद्यालय युनाइटेड मिसन टु नेपाल संस्थाले खोलेको थियो। बाबुराम शुरुमा नै तीन कक्षामा भर्ना हुनुभयो । भर्ना भएदेखि नै उहाँ पढाइमा तीक्ष्ण देखिनुभयो । स्कुले जीवनभर उहाँ सधै प्रथम मात्रै हुनुभयो । कसैले सपनामा सोच्न गाह्रो भए पनि उहाँ सन् १९७० मा एसएलसीमा बोर्डफस्ट हुनुभयो र एकजना गाउँले केटो बोर्डफस्ट भएको कारणले उहाँ पत्रपत्रिकामा छाउनुभयो । गाउँको स्कुलबाट पढेर यत्रो सफलता हासिल गर्नेमा उहाँ नै पहिलो व्यक्ति हुनुभयो ।
त्यसपछि उहाँले अमृत साइन्स कलेज, काठमाडौंमा विज्ञान विषय पढ्न थाल्नुभयो । त्यहाँ प्रविणता प्रमाणपत्र तहमा पनि उहाँ प्रथम नै बन्नुभयो । सो तहका दुवै राष्ट्रिय परीक्षामा लगातार प्रथम हुने अहिलेसम्मकै उहाँ नै सम्भवतः एकमात्र विद्यार्थी हुनुहुन्छ ।
सन् १९७७ मा कोलम्बो प्लान अन्तर्गत भारतको चण्डीगढबाट उहाँले आकिर्टेक्चर विषयमा स्नातक गर्नुभयो । चण्ढीगढको पन्जाव विश्वविद्यालयको पुस्तकालयमा उहाँ ठूलठूला वैज्ञानिक र महान् दार्शनिकहरुका किताब पढेर घन्टौं बिताउनुहुन्थ्यो । त्यही पुस्तकालयमा उहाँले पहिलोपटक कान्ट, माक्र्स र चे ग्वेभारा लगायत अन्यका रचना पढ्ने मौका पाउनुभयो ।
सन् १९७९ मा “टाउन एण्ड कन्ट्री प्लानिङ”मा थप अध्ययन गर्न उहाँ नयाँ दिल्ली जानु भयो । त्यहाँको “स्कुल अफ प्लानिङ एण्ड आकिर्टेक्चर”बाट उहाँले “सहरी र क्षेत्रीय योजना”मा स्नातकोत्तर (मास्टर्स) गर्नुभयो । यहीं उहाँको हिसिला यमिसंग भेट भयो,जो राजनीतिक व्यक्तित्व धर्मरत्न यमिकी छोरी हुनुहुन्छ । हिसिला यमि र बाबुराम भट्टराईको बीचमा बिहे भएपछि सन् १९८६ मा हिसिलाबाट छोरी मानुषीको जन्म भयो, जो हाल रातो झिल्को पत्रिकाकी सम्पादक रहेकी छन् । त्यही बाट बाबुराम भट्टराईले क्षेत्रीय विकास योजनामा जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी हासिल गर्नुभयो । उहाँले “द नेचर अफ अन्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल” विषयमामा थेसिस गर्नुभयो । यसै थेसिसलाई पछि पुस्तकका आकारमा प्रकाशित गरिएको छ ।
उहाँमा सानैदेखि समाजका गतिविधि नियाल्ने बानी थियो । उहाँलाई थाहा थियो, गाउँमा उहाका आफ्नै जेठाबा जालझेल गरेर गरीब निमुखाको शाोषण गर्ने गर्थे । स्कुलमा कथा–लेखनमार्फत् उहाँले समाजमा विद्यमान रहेका यस्ता अन्याय र असमानताविद्ध आङ्खनो विचार प्रकट गर्न थाल्नुभएको थियो । कलेज जीवनमा उहाँ राजनीतिक रुपमा सचेत हुनुभएतापनि राजनीतिक क्रियाकलापमा भने क्रियाशील हुनुभएन । सन् १९६० मा राजा महेन्द्रले संसदीय लोकतन्त्र खारेज गरेर निरंकुश शासन लादेपछि नेपालमा राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए । बाबुराम भट्टराईले आफूलाई प्रतिबन्धित राजनीतिक पार्टीहरुका राजतन्त्रविरोधी गतिविधिकै बीचमा पाउनुभयो । सन् १९७७ मा उहाँ अखिल भारत नेपाली विद्यार्थी संघको संस्थापक अध्यक्ष बन्नुभयो । भारतमा रहँदा नेपालका बिपि कोइराला, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह, ऋषिकेश शाहजलगायतका वरिष्ठ राजनीतिक नेताहरुसँग उहाँको सम्पर्क बढ्यो । अनि उहाँ नेपालको लोकतान्त्रिक राजनीतिमा समपिर्त हुन थाल्नुभयो ।
सन् १९८० मा नयाँ दिल्ली भ्रमणमा आएका राजा वीरेन्द्रलाई कालो झन्डा देखाएको आरोपमा भारतीय प्रहरीले बाबुराम भट्टराईलाई पहिलोपटक पक्राउ ग¥यो । सन् १९८१ मा उहाँ मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्य बन्नुभयो । अखिल भारत नेपाली एकता समाजमार्फत (१९७९–१९८६) उहाँ भारतमा रहेका प्रवासी नेपाली कामदारलाई संगठित गर्ने कार्यमा सक्रियतापूर्वक लाग्नुभयो । १९७७–१९८६ सम्म उहाँ भारतबाट प्रकाशित हुने ”जनमानस” र ”नेपाली एकता” पत्रिकाका सम्पादक बन्नुभयो ।
औपचारिक शिक्षा सकेपछि उहाँ सन् १९८६ मा नेपाल र्फकनुभयो र पार्टीको पूर्णकालिक सदस्य र राजनीतिक कार्यकर्ता बन्नुभयो । शाही शासनबाट उहाँ सन् १९८६ र सन् १९८८ मा गरी दुईपटक पक्राउ पर्नुभयो । सन् १९८६ देखि सन् १९९१ सम्म उहाँ ”झिल्को” मासिक पत्रिकाको प्रधान सम्पादक बन्नुभयो ।
सन् १९९० को पञ्चायतविरोधी जनआन्दोलनको बेला उहाँ ”संयुक्त राष्ट्रिय जनआन्दोलनका केन्द्रीय प्रवक्ता बन्नुभयो । संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (मशाल), सर्वहारावादी श्रमिक संगठन र अन्य वामपन्थी पार्टीहरुको गठबन्धन थियो ।
सन् १९९० मा बहुदलीय प्रजातन्त्र प्राप्तिपछि उहाँको राजनीतिक क्रियाशीलता अझ बढ्यो। उहाँको आङ्खनै शब्दमा “१९९० पछि जीर्ण र अशक्त संसदीय व्यवस्थाका कमजोरी र सीमाविरुद्ध उहाँको क्रियाशीलता बढ्यो । १९९४ मा उहाँलाई कथाकथित प्रजातान्त्रिक सरकारले गिरङ्खतार ग¥यो ।
सन् १९९१ यता भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) र पछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को पोलिट्ब्युरो सदस्यका रुपमा नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभयो । सन् १९९१ र २००१ को बीचमा उहाँ संयुक्त जनमोर्चाका अध्यक्ष रहनुभयो ।
जनयुद्धको समयमा उहाँ १९९६ देखि २००६ सम्म भूमिगत रहनुभयो । त्यस वेला उहाँले विभिन्न मोर्चामा क्रान्तिको नेतृत्व गर्नुभयो । २००१ देखि उहाँले छायाँ जनसरकारको रुपमा रहेको संयुक्त क्रान्तिकारी जनपरिषद्को संयोजन गर्दै आउनु भएको छ ।
सन् २००३ मा सरकारसँगको शान्तिवार्ताका लागि उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को वार्ताटोलीको नेतृत्व गर्नुभयो । उहाँलाई सन् २००६ को संयुक्त जनआन्दोलनका एक योजनाकारका रुपमा लिइने गरिएको छ । र, उहाँ सन् २००६ नोभेम्बरमा हस्ताक्षर भएको बृहत्शा न्ति सम्झौताका मुख्य वार्ताकार पनि हुनुहुन्छ ।
नेपालको इतिहासमा नै पहिलोपटक २००८ अप्िरलमा भएको संविधानसभाको चुनावमा नेपाली जनताले उहाँलाई फेरि पनि “सधै प्रथम” पात्र बनाए । गोर्खाको २ नम्बर निर्वाचन क्षे त्रबाट देशकै सबैभन्दा बढी ८२ प्रतिशत मत ल्याएर वहाँ विजयी हुनुभयो भने त्यहाँबाट उहाँले नेपालमा विजेता सभासद्मध्ये सबैभन्दा धेरै मत प्राप्त गर्नुभयो । उहाँले आङ्खना प्रतिस्पर्धीलाई सबैभन्दा ठूलो मत अन्तरले पराजित गर्नुभयो । बाबुराम भट्टराईले कुल ४६ हजार २ सय ७२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धीले ६ हजार १ सय ४३ मत प्राप्त गरे ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्व गठित नेपाल सरकारमा उहाँले अगस्ट २२, २००८ (भाद्र ६, २०६५) देखि नौ महिनासम्म अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएको थियो । भट्टराईले नियमित रुपमा राष्ट्रिय दैनिक, साप्ताहिक र जर्नलमा लेखिरहनु भएको छ । उहाँका लेखरचनाले नेपाली राजनीतिक वृत्तमा हलचल पैदा गर्दै आएका छन् । नेपाली र विदेशीहरुको ध्यान खिच्न उहाँका लेखरचना सफल भएका छन् । नेपाली भाषामा उहाँका कयौं पुस्तक प्रकाशित भएका छन् । नेपाली तथा अग्रेजीमा प्रकाशित उहाँका पुस्तकको सूची यसप्रकार छः ।
नेपाली भाषामा
१. बेलाबखतका कुरा, (झिल्को प्रकाशन, काठमाडौ“, २०४७)
अर्थशास्त्रको आँखी झ्यालबाट, (तेस्रो संस्करण, जनध्वनि प्रकाशन,काठमाडौं, २०६३)
३.माक्र्सवाद र महिला मुक्ति, (हिसिला यमिसँग संयुक्त), (उत्प्रेरक प्रकाशन, काठमाडौं)
४. नयाँ ढंगको पार्टी निर्माणको प्रश्न (जनध्वनि प्रकाशन, काठमाडौं, २०६०)
५. वार्ता र तात्कालीन राजनीतिक निकासको प्रश्न, –प्रवाह प्रकाशन, २०६०) शान्तिवार्ता र सम्झौताबारे राजनीतिक चिरफार), (जनध्वनि प्रकाशन, काठमाडौं, दोश्रो संस्कर ६. युद्ध र वार्ता, (आपतकाल, प्रतिरोध युद्ध,ण, २०६३) काशन, २०६३) २०६३)
कतान्त्रिक गण्ँतन्त्र (जनध्वनि प्रकाशन, काठमाडौं, २०६३)
७. नेपाली क्रान्तिका आधारहरु, (संकलित रचना संग्रह) भाग–१, (जनध्वनि प्र
८. नयाँ ढंगको पार्टी र सत्ता निर्माणबारे, –जनध्वनि प्रकाशन, काठमाडौ (
९. जनयुद्धका दश वर्ष (जनध्वनि प्रकाशन, काठमाडौ– २०६३)
अंग्रेजी भाषा
1-Nepal M A Marxist View, -Jhilko Publications, Kathmandu,
2= Politico-Economic Rationale of PeopleÆs War in Nepal -Utprerak
Prakashan, Kathmandu, 1998_
3= The Nature of Underdevelopment and Regional Structure of Nepal-A
Marxist Analysis, -Adroit Publications, New Delhi, 2003_
4= Monarchy vs= Democracy M The Epic Fight in Nepal, -Samakaleen Teesari
Duniya, New Delhi, 2005_
संविधान सभाको निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नंंं २ बाट भारी मतले विजयी भएपछि डा. बाबुराम भट्टराईले गोरखाली जनता समक्ष एउटा वाचा गर्नु भएको थियो जुन अहिले सम्म पुरा भएको छ । प्रत्येक महिना जिल्ला आएर जिल्लाको विषय बस्तुको बारेमा जानकारी लिने प्रतिबद्धता गर्नुभएको डा. भट्टराई पछिल्लो पटक गाईखुर गाउँ विकास समितिको सहिद तथा दलित बस्ती बर्सरेमा रात विताउनुभएको थियो । उहाँले त्यस स्थानबाट फर्केर आँबुखैरनीमा पत्रकार सम्मेलनमा आफु ३५ औं प्रधानमन्त्री बन्ने निश्चित भएको बताउनुभएको थियो ।
प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुहुन्छ, हाम्रो पार्टी एकिकृत नेकपा माओवादीले मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँछ म अवश्य प्रधानमन्त्री हुन्छु । भदौ महिना म तपाईँहरुसँग प्रधानमन्त्री भएर आउने छु भन्नुभएको थियो । उहाँले जे भन्नुभयो त्यो पुरा गर्नुभएको छ । प्रत्येक महिना गोरखा आउने बाचा गर्नुभएका डा.भट्टराई प्रधानमन्त्री भएपछि पनि बाचा पुरा गर्न गोरखा आउनुपर्दछ । यसबा गोरखाली जनताले प्रत्येक महिना प्रधानमन्त्रीसँग भेटघाट गर्न पाउने भएका छन् ।
ज्ञ(ल्भउब िः ब् ःबचहष्कत ख्ष्भध, (व्जष्पिय एगदष्अिबतष्यलक, प्बतजmबलमग, गाउँमा विद्यालयका स्वर्ण महोत्सवका कार्यक्रम देखि उहाँलाई हरेक कार्यक्रमहरुमा पाएसम्म सबैले निम्तो गर्ने गर्दथ्ये । उहाँ गोरखावासीका लागि मात्रै नभएर सिङ्गो नेपाली जनताका आस्थाका ढुकढुकी हुनुहुन्छ । उहाँको कार्यकाल नेपाली इतिहासमा स्वर्णिम अक्षरले लेखिने र यतिबेला नेपाली जनताको भाग्य र भविष्यको फैसला हुने दिन आएको छ ।
डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको समाचार सुने लगतै उहाँको घर गोरखाको खोप्लाङ वडा नं. बेलबासमा खुशियाली छाएको छ । गाउँमा मानिसहरु भेला भएर आफुहरुले बाबुराम भट्टराई प्रधानमन्त्री भएको हेर्न चाहेको र आज त्यो पूरा भएको भन्दै खुशी भएका हुन् । नेपालको विकासका लागि दुरगामि योजना सहित अगाडि बढेका डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए लगतै गोरखावासीहरु खुशीले गदगद भएका छन् भने टोल टोलमा भेला भएर अब भने देशले कोल्टे फेर्ने बताएका छन् ।
बहुमतिय सरकार बनेको भएपनि नेपाली काँग्रेस र एमालेलाई पनि मिलाएर सहमतिय सरकार बनाउन सक्ने खुबी डा. भट्टराईसँग भएको गोरखाबासीको ठहर छ ।

No comments:
Post a Comment